NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पूर्वडिआइजी कोइरालाको मुद्दा पूर्ण इजलासमा

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालाविरुद्धको रिटको पेसी पूर्ण इजलासमा तोकिएको छ ।

पूर्ण इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडाल रहेका छन् ।

पूर्वडिआइजी कोइरालालाई महान्यायधिवक्ता कार्यालयले ११ साउन ०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहर गरेको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाइदिएका थिए । सो फैसलाविरुद्ध पुनरावलोकन रिट दायर भएको हो ।