विदेशी मुद्राको अभावमा लेबनानका अस्पतालहरू बन्द हुने खतरामा
लेबनान । लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका यहाँका अनलाइन सञ्चार माध्यमहरूले बिहीबार बताएका छन् ।
‘अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्,’ नीजि अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भने ।
लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गरे ।
उनले ‘सेन्ट्रल बैंक अफ लेबनान’लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको संकटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह गरे । लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक संकटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुवैलाई बृहत् प्रभाव परेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया