बालेनको जित हाम्रो पराजयमात्रै होइन, जनताको आशा र विश्वासको जित हो : विश्वप्रकाश शर्मा

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्रका बालेन शाहको काठमाडौं महानगरपालिकाको मेयरमा भएको जित कांग्रेसको पराजयमात्रै नभएर जनताको विश्वास र जित भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा लेख्दै मतदाताले विजय गराइसकेपछि बालेन एक्लै हुन् वा एक्लै छन् भन्ने नसोच्न पनि शर्माले आग्रह गरेका छन् ।
जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनसमेत शर्माले अपिल गरेका छन् ।
‘बालेनको विजय हाम्रो पराजयमात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’ शर्माले भनेका छन्, ‘उनलाई सफलताको साथ र शुभकामना दुवै दिउँ । लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आखों पर ।’
वैकल्पिक दलहरू पनि मैदानमा खडा भए पनि उनीहरूलाई र नारालाई नरोजेको भन्दै शर्माले सचेत मतदाताले दललाई बदल्ने सन्देश दिएको बताए ।
देशको राजधानी सहर काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेको बलियो पकडकलाई पन्छाउँदै स्वतन्त्रका बालेन शाह मेयरमा निर्वाचित भएका छन् । बलियो प्रभाव र पहुँचविरुद्ध बालेनले जितेपछि उनको चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया