बालेन र सुनिताले सोमबारदेखि पदभार सम्हाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सोमबार सपथ लिने भएका छन् ।
शनिबार र आइतबार बिदा भएकाले सोमबार सपथ ग्रहण गर्ने भएका हुन् ।
काठमाडौं महानगरको अन्तिम मतपरिणाम बिहीबार राति सार्वजनिक भएको थियो । मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् ।
सपथ ग्रहणपछि मेयर बालेन र सुनिताले औपचारिक रुपमा पदभार ग्रहण गर्ने छन् ।
प्रतिक्रिया