फोहरको दीर्घकालीन समाधान खोज्न मेयर शाह पुगे सिसडोल
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्न जुटेका छन् ।
त्यसका लागि मेयर शाह आज नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेका छन् ।
त्यहाँ गएर उनले फोहरको समस्या दीर्घकालीन समाधान नभइ कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्तासमेत नदिने प्रतिबद्धता जनाएका छन् ।
उनीसँगै कलाकार अर्जुन घिमिरे पाँडेलगायत पनि नुवाकोट पुगेका थिए ।

उपत्यकाको फोहर व्यवस्थापन हुने सो क्षेत्रमा अवरोध हुँदै आएको छ । त्यसैको समाधान निकाल्न मेयर शाह त्यहाँ गएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया