फोहरको दीर्घकालीन समाधान खोज्न मेयर शाह पुगे सिसडोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्न जुटेका छन् ।
त्यसका लागि मेयर शाह आज नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेका छन् ।
त्यहाँ गएर उनले फोहरको समस्या दीर्घकालीन समाधान नभइ कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्तासमेत नदिने प्रतिबद्धता जनाएका छन् ।
उनीसँगै कलाकार अर्जुन घिमिरे पाँडेलगायत पनि नुवाकोट पुगेका थिए ।
उपत्यकाको फोहर व्यवस्थापन हुने सो क्षेत्रमा अवरोध हुँदै आएको छ । त्यसैको समाधान निकाल्न मेयर शाह त्यहाँ गएका हुन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया