नक्कली नोटबाट किनमेल गरिरहेका बेला प्रहरी पुगेपछि…
वीरगञ्ज । पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् ।
पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान (२० हजार नक्कली रकम) सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली पुगेको थियो । उनीहरू दुवै जनालाई मेलास्थलबाट नक्कली नोटसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
पक्राउ परेका अनुहरूमाथि मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया