भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा देवर पक्राउ

सप्तरी । आफ्नै भाउजुलाई पेट्रोल छर्केर आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २७ वर्षीया राजकुमारी साहको हत्या गरेको आरोपमा बोदेबरसाईन नगरपालिका-१ धनगढी बस्ने प्रमेश्वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
साहले २०७८ माघ २१ गते बिहान भाउजुको हत्या गरेर फरार भएका थिए । ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
साहमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया