महिनावारीको समयमा किन आउँछ अनुहारमा डण्डीफोर ?
काठमाडौं । महिनावारी सुरु हुनुभन्दा केही समयअघि अनुहारमा पिम्पल्स आउन थाल्छ । यो समस्यालाई ‘पिरियड्स एक्ने’ भनिन्छ । पिरियड्स एक्ने एक हर्मोनल समस्या हो । हर्मोनको असन्तुलनका कारण पिरियड एक्ने हुने गर्छ ।
यस अवधिमा शरीरमा एस्ट्रोजन हर्मोनको उत्पादन घट्छ र टेस्टोस्टेरोन बढ्छ । जसका कारण छालाको छिद्रमा रहेको सेबम ग्रन्थीले अत्यधिक मात्रामा सेबम उत्पादन गर्न थाल्छ, जसका कारण महिनावारीको समयमा डण्डीफोर, दागहरु आउन थाल्छ ।
पिरियडमा बारम्बार छोएमा डण्डीफोर निस्कन्छ र त्यसबाट पिप निस्किएर ब्याक्टेरिया बढ्छ जसका कारण छाला चिलाउने, सुन्निने र रातो दाग हुने र दुख्ने गर्छ । पिरियड एक्ने दुई प्रकारका हुन्छन्, एक्युट र क्रोनिक ।
महिनावारीमा आउने डण्डीफोरबाट राहत पाउनका लागि अनुहारमा आइस क्युबले सेक्न सकिन्छ । यसले छालाको सुन्निने र रातो दागहरू कम गर्छ । आइस क्युबलाई कपडामा बेरेर सेक्न सकिन्छ । एन्टिबायोटिक जेल पनि अनुहारमा लगाउन सकिन्छ ।
पिम्पललाई बारम्बार छुने, चलाउने गर्नुहुँदैन । यसबाट छुटकारा पाउन दिनमा ४ देखि ५ पटक अनुहार धुने गर्नुपर्छ । यदि समस्या ठीक भएन भने, डाक्टरलाई देखाउनुपर्छ । मसला कम खाने र कम्तीमा ८ गिलास पानी पिउनुपर्छ ।
सलाद धेरै खाने र कार्बोहाइड्रेट कम खानुपर्छ । यो समयमा हाइड्रेटेड रहन धेरै महत्त्वपूर्ण हुन्छ । पिरियड एक्ने सुरु भएसँगै अनुहारमा थोरै मात्रामा क्लिन्डामाइसिन वा जेलमा आधारित क्रिम लगाउनुपर्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया