NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

विदेशी औषधिको मूल्य आफूखुसी तोक्न दिने षड्यन्त्र

काठमाडौं । विदेशबाट आयात हुने औषधिको मूल्य व्यवसायीलाई आफूखुसी तोक्न दिने प्रयास सुरु भएको छ ।

औषधि आयातका लागि अनुमति प्राप्त प्रत्येक कम्पनीले आफ्नो लाइसेन्समा औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने व्यवस्था छ । तर औषधि व्यवस्था विभागका सीमित कर्मचारी र व्यवसायीको मिलेमतोमा यो व्यवस्था हटाउन लागिएको हो ।

लाइसेन्समा तोक्नुपर्ने मूल्य हटाउन विभागका महानिर्देशक संयोजक रहेको औषधि मूल्य अनुगमन समितिले निर्णय गरी फाइल मन्त्रालयमा पठाइसकेको विभाग स्रोतले बतायो ।

समितिको सदस्यमा निजी क्षेत्रका नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठ, औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डे र उपभोक्रा अधिकारकर्मीबाट रोशन दाहाल छन् । समितिको सदस्यसचिवमा किरण बज्राचार्यलाई राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भने फाइल मन्त्रालय आइनपुगेको दाबी गरे ।

औषधि विभागका महानिर्देशक भरत भट्टराईले भने यो विषय छलफलकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने प्रतिक्रिया दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।