सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

राजविराज । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले बिहीबार उद्धार गरेको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो ।
लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया