पल शाह जोडिएको नाबालिग बलात्कार मुद्दामा आदेश आउँदै, गायिकाले बयान फेरेकोमा के होला ?
काठमाडौं । अभिनेता पल शाहको नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पोखराबाट आदेश आउँदै छ । आज पनि सरकारी वकिलको बहस सकिएपछि शाहका वकिलले बहस गर्नेछन् । यस्तोमा बहस सकिएर भ्याए आजै नभए अर्को दिन शाहबारे आदेश आउने एक वकिलले जानकारी दिए ।
नाबालिग बलात्कार मुद्दामा एक एक गायिकाले शाहविरुद्ध तनहुँ र नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएकाे थियाे । दुवै अदालतले शाहलाई धरौटीमा पनि नछोडी जेलभित्रै बसेर मुद्दा लड्नुपर्ने आदेश गरेको थियो । यही आदेश खारेज गरी पाउँ भन्दै शाह उच्च अदालत पोखरा पुगेपछि बहस अन्तिमतिर पुगेको हो ।
तर नाबालिग भनिएकी ती गायिकाले आफूलाई शाहले बलात्कार नगरेको भन्दै बयान फेरेकी थिइन् । यसपछि घटनामा नयाँ ट्वीस्ट पनि आएको थियो । आफूले दबाबमा जाहेरी दिन लगाएको भन्दै ती गायिकाले बयान फेरेकी हुन् । दबाब र प्रभावमा ती गायिका होस्टाइल भएको दाबी गरिएको छ ।
तर एक वकिलका अनुसार उच्च अदालतले ती गायिका होस्टाइल भएको हेर्ने छैन ।
‘ती किशोरी गायिका होस्टायल भइन् भने पनि फरक पर्दैन’ ती वकिलले नेपालवाचसँग भने, ‘उच्च अदालत पोखराले जिल्ला अदालतले थुनामा राखेको मिल्यो कि मिलेन भनेर हेर्नेमात्रै हो । होस्टायलमा के भयो भनेर हेर्दैन ।’
उच्च अदालत पाेखरामा उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे इजलासमा बहस भइरहेकाे हाे ।
यसैले बयान फेरिए पनि शाहलाई उच्च अदालतले पनि यस अघि जिल्ला अदालतको जस्तै धरौटीमा रिहा भएर बाहिरबाट होइन भित्रैबाट मुद्दा लड्नुपर्ने आदेश दिन सक्ने बुझिएको छ ।
धरौटीमा उच्च अदालतले पनि रिहा नगरे फेरि पनि पलले यो मुद्दाको किनारा नलाग्दासम्म थुनामै बसेर मुद्दा लडनुपर्नेछ ।
पल शाहले बलात्कार मुद्दा थुनामै बसेर लड्नुपर्ने, धरौटीमा रिहा भएनन्
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया