प्रतिरक्षा सम्झौतामा सामेल हुन डेनमार्कमा जनमत संग्रह
कोपनहेगन । रुस-युक्रेन द्वन्द्वले बढाएको चिन्ताका बीच डेनमार्कले युरोपेली संघ (इयू) रक्षा सम्झौतामा सामेल हुन मतदान गरेको छ ।
यससँगै संघको साझा सुरक्षा र रक्षा नीतिमा कोपेनहेगन समाहित भएको छ भने त्यसमा सहभागी नहुने ३० वर्ष पुरानो प्रावधान खारेज भएको छ ।
बुधवार भएको जनमत सङ्ग्रहमा डेनमार्कका बहुसङ्ख्यक नागरिकले रक्षा सम्झौताको पक्षमा मतदान गरेका छन् । उक्त कदमका पक्षमा ६६.९ प्रतिशतले मतदान गरेका प्रारम्भिक नतिजाले देखाएको डेनमार्क स्ट्याटिस्टिकले जनाएको छ ।
अब डेनमार्कलाई सैन्य सहयोग बारे छलफल गर्न इयूमा स्थान प्राप्त भएको छ । हिजोको निर्वाचनमा ४२,६०,९४४ मतदातामध्ये ६५.७६ प्रतिशतले भोट हालेका थिए ।
युरोप र डेनमार्कको भविष्यका लागि सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा सहभागी हुनु सही भएको बताउँदै मतदान पछि प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले इयू नीतिमा डेनमार्क विगतमाभन्दा बढी एकजुट हुने विश्वास व्यक्त गरे ।
संघको रक्षा मामिलामा बाहिर नै रहने नीतिका कारण डेनमार्कले संघका सैन्य कारबाहीमा भाग लिन पाएको थिएन भने आफ्नो सैन्य क्षमता विकासमा पनि सहभागी पाएको थिएन ।
गत मार्चमा डेनमार्कको संसद्ले संघको रक्षासम्बन्धी सम्झौतामा सहभागी हुने/नहुने बारेमा जुन १ मा जनमत सङ्ग्रह गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया