पृथ्वी स्वस्थ बनाउन आग्रह
स्टकहोम । बिहीबारदेखि यहाँ सुरु भएको संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकले स्वस्थ पृथ्वीका लागि तत्कालै सबै लाग्नुपर्ने आग्रह गरेको छ ।
सो बैठकमा विश्वमा वातावरण विग्रिँदै गएको र जलवायु परिवर्तनका कारण धेरै असरहरु देखिन थालेको भन्दै यसका लागि विश्वका देशहरु नै लाग्नुपर्ने बताइएको छ ।
बैठक विश्वमा देखिएको वातावरणीय नकारात्मक असरहरुलाई कम गर्नका लागि आवश्यक पर्ने कदममा केन्द्रित भएको बताइएको छ। स्टकहोल्म प्लस ५० सबैका लागि र समृद्धिका लागि स्वस्थ पृथ्वी’ नाम दिइएको सो बैठकमा यस्तो पृथ्वी निर्माण गर्ने दायित्व सबैको भएकोमा चर्चा गरिएको छ ।
यसअघि सन् १९७२ मा मात्र स्वीडेनले संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकको आयोजना गरेको हो । पचास वर्षपछि आयोजना भएको यस बैठकमा अहिले विश्वमा झन् वातावरणीय विनास हुदै गएकाले बैठकको सान्दर्भिकता रहेको बताइएको थियो ।
विश्वमा विकासशील देशहरु यो वातावरणीय विनासमा झन् पीडित भएका पनि सो अवसरमा छलफल भएको बताइएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया