फोहर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ । फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न सो समिति गठन गरिएको हो ।
टोलबासीको आज बिहान भएको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ ।
रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ ।
समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया