फोहर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ । फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न सो समिति गठन गरिएको हो ।
टोलबासीको आज बिहान भएको भेलाले समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ ।
रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ ।
समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिए ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया