टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् ।
टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् ।
ताजा अपडेट
-
प्रतिनिधिसभा बैठक बस्दै
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया