NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रामचन्द्र र सिर्जनाको आरोप–प्रत्यारोपमा पौडेलपुत्र चिन्तन पनि मिसिए

काठमाडौं । काठमाडौंको मेयर उम्मेदवार र चुनावी परिणामलाई लिएर कांग्रेस नेता रामचन्द्रको पौडेलको उम्मेदवार सिर्जना सिंहसँग आरोप-प्रत्यारोप चलेको छ ।

काठमाडौंमा सिफारिसलाई लत्याउँदै वंशवादका आधारमा सिंहलाई उम्मेदवार बनाउँदा मतदाताले लौरो बजारेको प्रतिक्रिया दिएका थिए । उनलाई काउन्टर दिंदै उम्मेदवार बनेकी सिर्जना सिंहले पनि काउन्टरमा जवाफ फर्काएकी थिइन् ।

उनले भनेकी थिइन्–‘मेरो राजनीतिक यात्रामा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहा पाउनु भएको, हामी छिमेकी जिल्लावासी पनि मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई रु यो कुरा तपाईंको मुखबाट आउँदा भन्दा अलि सुहाएन कि दाइ ।’

सिर्जनाले गोरखा जेलको प्रसंग निकालेपछि पौडेलले २०४२ सालमा गोरखा जेलमा बस्दाको फोटो सामाजिक संजालमा हालेका थिए ।

May be an image of 6 people, people standing and text that says 'गोरखा जेल २०४२: गोवरद्दन शर्मा पोखरेलका साथमा (बसेको लाइन देब्रेबाट) रामचन्द्र पौडेल, किरणबाबु श्रेष्ठ, गोविन्दराज जोशी (उभिएको लाइन देब्रेबाट) पदमबहादुर गुरुड, बैकुण्ठ न्यौपाने, रामचन्द्र पोखरेल (दाहिने छेउ)'

पौडेलको तुलनामा गाली नगरी सिंहले स्वस्थ टिप्पणी गर्दै जवाफ फर्काएकी थिइन् ।

पौडेललाई सिंहको जवाफ : यो कुरा तपाईंको मुखबाट आउँदा सुहाएन दाइ

उनले जवाफ फर्काएको भोलिपल्टै पौडेलपुत्र चिन्तनले पनि सिंहलाई जवाफ दिएका छन् । ठूलो मान्छे होइन असल मान्छे बन्नु भन्ने बिपी कोइरालाको भनाई उल्लेख गर्दै चिन्तनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्–साधारण जनता, र साधारण नेता, कार्यकर्तालाई दास ठान्ने मानसिक सोचबाट मुक्त हुनुस् ! तपाईंको मात्र होइन पार्टी अनि देशकै भलो हुन्छ । सिंहको नाम उल्लेख नगरी पौडेल पुत्र चिन्तनले यस्तो लेखेका हुन् ।

नेता पौडेलले कांग्रेस र एमालेले हेपेर उम्मेदवारी दिएकोले जनताले लौरो बजारेको प्रतिक्रिया दिएका थिए । नेता पौडेलले सिफारिसमा परेका तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई उम्मेदवार उठाउनुपर्ने बताएका थिए ।

एमाले र कांग्रेसको बलियो पकड भएको भनिए पनि सिंह दोस्रो र एमालेका उम्मेदवार केशव स्थापित तेस्रो भएका थिए । स्वतन्त्रका बालेन २३ हजार चार सय २६ मतान्तरले मेयरमा विजयी भएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष