NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

स्थानीयले दिएनन् बञ्चरेडाँडामा फोहोर फाल्न

थुप्रिएको फोहोर व्यवस्थापन र दुर्गन्ध हटाउन नास्टको टोली जाँदै

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले काठमाडौंबाट लगिएका फोहोर फाल्न अवरोध गरेका छन् ।

लामो समयदेखि थुप्रिएको फोहोर फाल्न दिने सरकार र त्यस क्षेत्रका जनप्रतिनिधिबीचको सहमतिपछि मंगलबार फोहोर बोकेका गाडी त्यसतर्फ गएका थिए । तर स्थानीयले सहमति नमान्ने भन्दै अवरोध गरेका छन् ।

स्थानीयको अवरोधपछि फोहोर बोकेका गाडी सडकमै रोकिएका छन् ।

काठमाडौं उपत्यकामा लामो समयदेखि फोहोर व्यवस्थापन समस्या पेचिलो बन्दै आएको छ । पछिल्लोपटक केही सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । घरको फोहोर स्थानीयले सडक ल्याएर फालिदिँदा दुर्गन्ध फैलिएको छ ।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक बञ्चरेडाँडातर्फ लागेका छन् । त्यहाँ थुप्रिएको फोहोर व्यवस्थापन र दुर्गन्ध हटाउनेबारे अध्ययन गर्न टोली त्यसतर्फ गएको हो ।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक बञ्चरेडाँडा जाने भएको छ ।

त्यहाँ थुप्रिएको फोहोर व्यवस्थापन र दुर्गन्ध हटाउनेबारे अध्ययन गर्न टोली त्यसतर्फ जान लागेको हो ।

नास्टका अनुसार, वैज्ञानिकहरू डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी त्यसतर्फ जाँदैछन् । उनीहरूसँगै काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, फोहोर व्यवस्थापन विज्ञ र्इ. सुनील लम्साल, अमृता पौडेल पनि सिसडोल जाँदैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष