करोड बढीको घरजग्गा कारोबारमा अब सूक्ष्म निगरानी

काठमाडौं । सरकारले एक करोड रूपैयाँभन्दा माथिको घरजग्गा खरिदबिक्रीमा अब सूक्ष्म निगरानी गर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनले लागूपदार्थ, हतियार, खरिदबिक्रीलगायतबाट आर्जेको रकम उपयोग हुन सक्ने भन्दै घरजग्गा क्षेत्र पनि सम्पत्ति शुद्धीकरणको दृष्टिकोणले जोखिमपूर्ण रहेको पहिल्याएको थियो । यसकै आधारमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले सोमबार घरजग्गा खरिदबिक्रीमा पनि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा जोखिममा आधारित प्रणाली अवलम्बन गर्न प्राथमिकता दिइएकाले तत्कालका लागि विभागले एक करोड वा सोभन्दा बढी रकमको घरजग्गा खखरिदबिक्रीमा निगरानी गर्ने, गराउने जनाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
प्रतिक्रिया