असारदेखि भदौ मसान्तसम्म सडक खन्न निषेध
काठमाडौं । आगामी असार १ गतेबाट तीन महिना सडक विभागमातहतका सडक खन्न तथा खोस्रन नपाइने भएको छ ।
सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले गुणस्तर बिग्रन नदिन आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने नीति अख्तियार गरेको हो ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि खनिएको सडक तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र यसले सडकको गुणस्तर थप खस्किने भएकाले विभाग मातहतका सडकमा यस्तो नियम लागू गरिएको अनुगमन कार्यालयले जनाएको छ ।
विभागको स्वीकृतिबेगर कसैले सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने चेतावनी पनि अनुगमन कार्यालयले दिएको छ ।
‘… कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया