असारदेखि भदौ मसान्तसम्म सडक खन्न निषेध

काठमाडौं । आगामी असार १ गतेबाट तीन महिना सडक विभागमातहतका सडक खन्न तथा खोस्रन नपाइने भएको छ ।
सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले गुणस्तर बिग्रन नदिन आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने नीति अख्तियार गरेको हो ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि खनिएको सडक तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र यसले सडकको गुणस्तर थप खस्किने भएकाले विभाग मातहतका सडकमा यस्तो नियम लागू गरिएको अनुगमन कार्यालयले जनाएको छ ।
विभागको स्वीकृतिबेगर कसैले सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने चेतावनी पनि अनुगमन कार्यालयले दिएको छ ।
‘… कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया