मानवीय सहायता मार्ग खोल्नका लागि पहल गरेको युक्रेनको भनाइ
किएभ । युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ ।
यहाँका अधिकारीले दिएको जानकारीअनुसार यस अघिदेखि नै युक्रेनले आफ्ना उत्पादनलाई निर्यात गरी बाहिर पठाउने पहलका लागि आग्रह गरिरहेको थियो । युक्रेनका विदेशमन्त्रीले मङ्गलबार यस विषयमा जानकारी दिएका छन् ।
विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, युक्रेनका आफ्ना कृषिजन्य उत्पादनलाई निर्यात गरेर बाहिर पठाउने प्रयोजनका लागि संयुुक्त राष्ट्रसङ्घसँग मानवीय सहायतासम्बन्धी मार्ग खोल्ने विषयमा पहल गरिएको छ ।
उनले भनेका छन्, युक्रेनले अहिले आफ्ना सबै पहल यहाँका कृषि उपजको निर्यातका विषयमा केन्द्रित गरिरहेको छ, विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनले यसअघिदेखि नै विश्वका कतिपय देशमा खाद्यान्न ट्रक, रेल तथा सामुद्रिक यातायातबाट पनि आपूर्ति गरिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
युक्रेनको बन्दरगाहमा भएको अवरोधका कारण विश्वमा नै खाद्यान्न अभाव हुने बताइएको छ । रुसले युक्रेनमा गरेको हमलाका कारण यहाँको बन्दरगाह तथा आपूर्ति मार्गमा अवरोध पुगेको छ ।
त्यसैले युक्रेनले मानवीय सहायताका सामग्रीको आयात तथा निर्यातका लागि मार्ग खोल्न सहयोग गर्नुपर्ने बताएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया