सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–१९, तमु टोलमा आज साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ ।
स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी छन् ।
सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो ।
उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया