प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : अतिक्रमित कालापानी क्षेत्र फिर्ता लिन किन थुरथुर कामेको ?

काठमाडौं । एमालेका नेता डा. भीम रावलले कालापानी, लिपु लेक र लिम्पियाधुराको विषयम भारतीय सरकारसँग बोल्न नसकेको आरोप लगाएका छन् ।
आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेटबारे बिहीबार संसदमा सम्बोधन गर्दै नेता रावलले अधिग्रहण भूमि फिर्ता ल्याउन सरकार डराएको बताएका हुन् ।
‘कालापानी क्षेत्र भारतीय अतिक्रमणमा छ । सरकार चुईंक पनि बोल्दैन’, रावलले रक्षामन्त्री तथा प्रधानमन्त्री देउवातर्फ प्रश्न तेर्साउँदै भने, ‘जनताबाट निर्वाचित प्रधानमन्त्री यसै गरी थरथर कामेर राष्ट्रिय स्वाधिनताको रक्षा हुन्छ ? म सुन्छु अमेरिकाका सेना आउँदै छन् रे । यहाँका सेना अमेरिका जाँदै छन् रे । यो के हुँदै छ रक्षामन्त्रीज्यू ?
संसदबाट एमसिसी पास भएपछि भित्रि रूपमा सबै ताँजोपाँजो मिलाउँदै गरेको भन्दै रावलले नेपाली सेनाका प्रवक्ताको कुराले सबैलाई झस्काएको बताए ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया