प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : अतिक्रमित कालापानी क्षेत्र फिर्ता लिन किन थुरथुर कामेको ?
काठमाडौं । एमालेका नेता डा. भीम रावलले कालापानी, लिपु लेक र लिम्पियाधुराको विषयम भारतीय सरकारसँग बोल्न नसकेको आरोप लगाएका छन् ।
आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेटबारे बिहीबार संसदमा सम्बोधन गर्दै नेता रावलले अधिग्रहण भूमि फिर्ता ल्याउन सरकार डराएको बताएका हुन् ।
‘कालापानी क्षेत्र भारतीय अतिक्रमणमा छ । सरकार चुईंक पनि बोल्दैन’, रावलले रक्षामन्त्री तथा प्रधानमन्त्री देउवातर्फ प्रश्न तेर्साउँदै भने, ‘जनताबाट निर्वाचित प्रधानमन्त्री यसै गरी थरथर कामेर राष्ट्रिय स्वाधिनताको रक्षा हुन्छ ? म सुन्छु अमेरिकाका सेना आउँदै छन् रे । यहाँका सेना अमेरिका जाँदै छन् रे । यो के हुँदै छ रक्षामन्त्रीज्यू ?
संसदबाट एमसिसी पास भएपछि भित्रि रूपमा सबै ताँजोपाँजो मिलाउँदै गरेको भन्दै रावलले नेपाली सेनाका प्रवक्ताको कुराले सबैलाई झस्काएको बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया