अमेरिकी सैनिक जनरल काठमाडौंमा
काठमाडौं । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन बिहीबार नेपाल आइपुगेका छन् ।
उनी चारदिने औपचारिक भ्रमणका क्रममा नेपालमा रहनेछन् ।
उनी इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट बिहीबार दिउँसो नेपाल आएका हुन् ।
सन् २०२१ जुनदेखि एसिया-प्रशान्त क्षेत्र प्रमुख रहेका उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन् ।
फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । शुक्रबार नै नेपाली सेनाले फ्लिनकाे सम्मान गर्ने कार्यक्रम छ ।
जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने, सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की फ्लिनसँगै हुनेछन् ।
आइतबार जनरल फ्लिनले नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् । आइतबार बिहानको कार्यक्रपछि शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने उनको कार्यक्रम रहेको छ । र आइतबार बेलुका जनरल फ्लिन फर्किनेछन् ।
यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया, त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया