भारतीयले खनेको कुलो सशस्त्रले भत्कायो

काठमाडौं । भारतीय पक्षले एक्स्काभेटर प्रयोग गरी कुलो, नहर खनेर पानीको बहाव नेपालतर्फ फर्काउने प्रयास सशस्त्र प्रहरी टोलीले असफल बनाइदिएको छ ।
मंगलबार मध्यरात महोत्तरीको जलेश्वर नगरपालिका–३, खैरागाउँबाट दक्षिण भारतको सीतामढी जिल्ला श्रीखण्डी ग्राम पञ्चायत ४ का स्थानीयले पानीको वहाव नेपालतर्फ फर्काउने प्रयास गरेका थिए । तर कुलो सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले भत्काएर पुरानै अवस्थामा कायम गरेको छ ।
भारतले कुलो खनेको स्थान नेपाल–भारत सहायक सीमा स्तम्भ ३००÷६ (४) नम्बरबाट तीन मिटर भित्र पर्छ । भारतीयले खनेको कुलो कायम रहने हो भने त्यहाँबाट पानी एकत्रित भई नेपालतर्फै फर्किंन्छ । तर सशस्त्रले कुलोको स्थान पुरेपछि अहिलेलाई पानीको बहाव छेकिएर नेपालतर्र्फै फर्किंने सम्भावना टरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया