NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ब्राजिलमा पनि भेटियो मंकीपक्स संक्रमित

ब्राजिलिया । ब्राजिलको साओ पाउला सहरमा बिहीबार मंकीपक्स्को पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।

यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मंकीपक्स् हो कि भन्ने शंकामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।