सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने दुई पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ की २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया