भारतीय ग्यास बुलेटले लियो बाबु–छोरीको ज्यान

काठमाडौं । भारतीय ग्यास बुलेटको ठक्करबाट हेटौंडामा आइतबार बिहान एक बाबुछोरीको ज्यान गएको छ ।
एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९, पशुपतिनगरमा ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा ५५ वर्षीय ईश्वरकुमार तामाङ र र उनकी २६ वर्षीया छोरी अमिना तामाङको मृत्यु भएको हो ।
ग्यास बुलेटले पछाडिबाट ठक्कर दिएर घाइते बाबुछोरीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर त्यहाँ पुर्याउनेबित्तिकै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रतिक्रिया