भिरबाट लडेर वृद्धको मृत्यु

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।
भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया