युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने ब्रिटिस रक्षामन्त्रीको भनाई
काठमाडाैं । ब्रिटिस रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि ब्रिटिस रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् ।शनिबार उनीहरुबीच भएको भेटकाक्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।
अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बृटिश रक्षामन्त्री वालेसले जानकारी दिएका हुन् ।अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।
युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बृटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा ब्रिटिस प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया