NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रदेश र संघको निर्वाचन आगामी मंसिरको पहिलो साता हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरको पहिलो साता प्रदेश र संघको निर्वाचन हुने दावी गरेका छन् ।

सोमबार बर्दियामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले मंसिरको पहिलो हप्तामा निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
‘निर्वाचन मंसिरमा हुन्छ । मंसिरमा चुनाव गर्नेबारे प्रतिपक्ष एमाले पनि सहमत देखिन्छ । सरकार पनि निर्वाचनको तयारिमा छ’, प्रचण्डले भने, ‘सुरक्षा जोखिमका कारण निर्वाचन एकचरणमा गर्ने कि दुई चरणमा गर्ने भन्नेमा छलफल भइरहेको छ ।’

स्थानीय तह निर्वाचनपछि मुलुकमा प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र समावेशीताले बलियोसँग जरा गाडिएको भन्दै अब कसैले हल्लाउन नसक्ने उनले बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष