राप्रपाको बैठक असारमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।
बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए ।
देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन् । सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ । पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया