राप्रपा प्रवेशको तयारीमा रवीन्द्र मिश्र
काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।
स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेशको अन्तिम गृहकार्यमा जुटेका हुन्। राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेश गर्ने निकट स्रोतको दाबी छ।
सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए।
राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिँदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए।
तर राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुवै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ।
विवेकशील साझा पार्टीबाट अलग भइसकेका मिश्रले सिंगो पार्टी नै लिएर आउनसक्ने अवस्था नभएकाले उनलाई वरिष्ठ उपाध्यक्ष पनि दिन नहुने आवाज राप्रपामा उठ्न थालेको छ। पार्टीको हैसितमा नभएर व्यक्ति मात्र प्रवेश गर्ने भन्दै मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिँदा संगठनभित्रको सन्तुलन बिग्रने जनाउँदै आएका छन्।
‘स्थानीय तह निर्वाचन परिणामले मिश्र रहेको विवेकशील साझा पार्टीको हैसियत पनि देखिएको छ,’ राप्रपानिकट एक नेताले भने, ‘एउटा व्यक्तिलाई अनावश्यक उचालेर पार्टीका प्रभावशाली नेतालाई डोमिनेट गर्ने काम गरियो भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले क्षति भग्ने अवस्था आउँछ।’ आजको नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया