बागमती प्रदेशका कर्मचारीलाई मासिक दुई हजार महँगी भत्ता

काठमाडौं । बागमती प्रदेश सरकारले कर्मचारीलाई दुई हजार महँगी भत्ता दिने भएको छ ।
निजामती र करार सेवा दुवै सेवामा आगामी साउन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले दुई हजार महँगी भत्ता दिने भएको हो ।
बुधबार आर्थिक वर्ष ०७९÷८० को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटमा प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक रु दुई हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
त्यसैगरी, बागमती प्रदेशले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । प्रदेश मातहतका कर्मचारीको सामूहिक रु १० लाख दुर्घटना बिमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया