बेलायतमा मंकीपक्सका बिरामी बढे
लन्डन । पछिल्लो आधिकारिक तथ्यांकअनुसार बेलायतमा बुधबारसम्ममा मंकीपक्सका बिरामीको संख्या ५०० नाघेको छ । युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मंकीपक्सका घटनाहरू दर्ता भएको बताएको छ ।
स्कटल्याण्डमा एक र वेल्समा एक जना थप सङ्क्रमित सहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५२४ पुगेको छ । इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।
संक्रमितसँग नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्क्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो सङ्क्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ ।
लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका सङ्क्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।
‘यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । सङ्क्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ,’ हेम्यानले भने ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया