विकिलिक्सका संस्थापक असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायतको स्वीकृति
लन्डन । बेलायती गृहमन्त्री प्रिती पटेलले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएकी छन् । गृह मन्त्रालयका अनुसार असान्जसँग सो फैसलाविरुद्ध अपिल गर्न १४ दिनको समय मात्रै छ ।
विकिलिक्सले यो निर्णयलाई बेलायतमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रका लागि कालो दिनको भएको भन्दै ट्वीट गरेको छ । उनका अनुसार जुलियन असान्जले अमेरिकामा १ सय ७५ वर्षको जेल सजाय काटनुपर्छ ।
विकिलिक्सले जारी गरेको विज्ञप्तिमा जुलियन असान्जको स्वतन्त्रताको बाटो लामो र कठिन रहेको उल्लेख गरिएको छ ।
BREAKING: UK Home Secretary approves extradition of WikiLeaks publisher Julian Assange to the US where he would face a 175 year sentence – A dark day for Press freedom and for British democracy
The decision will be appealedhttps://t.co/m1bX8STSr8 pic.twitter.com/5nWlxnWqO7— WikiLeaks (@wikileaks) June 17, 2022
‘आजै लडाइँको अन्त्य भएको होइन, यो नयाँ कानुनी लडाइँको सुरुवात मात्र हो । हामी कानुनी बाटोमा उच्च अदालतमा पुनरावेदन गर्नेछौं । हामी सडकमा कडा संघर्ष गर्नेछौं, एकजुट भएर जुलियनको कथा सबैलाई सुनाउनेछौं’ विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाले लामो समयदेखि जुलियन असान्जमाथि मुद्दा चलाउन माग गर्दै आएको छ । सन् २०१० मा असान्जको वेबसाइट विकिलिक्सले धेरै अमेरिकी सैन्य गुप्तचर कागजातहरू सार्वजनिक गरेको थियो । जुलियन असान्ज हाल लण्डनको जेलमा छन् । यसअघि उनले लण्डनस्थित इक्वेडरको दूतावासमा सात वर्ष बिताइसकेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया