पर्यटनमन्त्री आलेलाई बर्खास्त गर्न निगम कर्मचारी संगठनको माग
काठमाडौं । नेपाल वायुसेवा निगमको कर्मचारी संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको बर्खास्तीको माग गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि मन्त्री आलेले गरेको दुव्र्यव्यवहार र कर्मचारी भर्तीका लागि दिने दबाब विरुद्ध कर्मचारी संगठनले आपत्ति जनाउँदै बर्खास्तीको माग गरेको हो ।
निगमको कर्मचारी संगठनले आज प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री आलेले अधिकारीमाथि गरेको गालीगलौच ताथ हातपातजन्य दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आर्थिक रूपमा पनि कमजोर भएको अवस्थामा विभागीय मन्त्रीबाट सयौंको संख्यामा विधि नपुर्याइ कर्मचारी भर्ना गर्न ठाडो आदेश दिने गरेको विज्ञप्तीमा उल्लेख छ ।
जारी विज्ञप्तीमा आफ्नो पदीय मर्यादा ख्याल नगरी कर्मचारी भर्तीको दबाब दिने र दुव्र्यवहारपूर्ण अभिव्यक्तिमाथि खेद प्रकट गर्दै आलेको बखर्दास्तीको माग गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया