पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध इस्लामावादद्वारा अस्वीकार

इस्लामावाद । चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो ।
गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ ।
चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) परियोजनाअन्तर्गतका ग्यास पाइपलाइन र विद्युत् टावरहरूलाई लक्ष्यित गरी बलुच विद्रोहीहरूले नियमित आक्रमण गरिरहेका छन् । विद्रोहीहरूले बलुचिस्तानको प्राकृतिक स्रोत लुटिएको आरोप लगाएका छन् ।
केही समयअघि कराँचीमा भएको आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी बलुच समूहले लिएको थियो ।
चिनियाँ नागरिक लक्ष्यित यस्ता आक्रमण नियन्त्रण गर्न इस्लामावाद प्रहरीले विदेशी सुरक्षा इकाइ स्थापना गरेको छ । विशेष गरी चिनियाँ नागरिकको सुरक्षाका निम्ति उक्त इकाइ स्थापना गरिएको हो ।
पाकिस्तानी अधिकारीहरूका अनुसार हाल इस्लामावादमा एक हजारभन्दा बढी चिनियाँ नागरिक दर्जनौँ विकास परियोजना, कम्पनी र व्यवसायमा संलग्न छन् । सिपिइसी परियोजनामा संलग्न चिनियाँलाई पाकिस्तानी सुरक्षा बल र अर्धसैनिक बलले सुरक्षा दिइरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया