डुम्रे–बेँसीसहर खण्ड अवरुद्व
तनहुँ । भानु नगरपालिका–८, कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ ।
खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्याएको थियो ।
साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया