NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पार्लरमा ५० हजारको मेकअप गरेर पैसा नै नतिरी आमा छोरी फरार

काठमाडौं । आमा छोरीले ५० हजारको मेकअप गरेर पैसा नै नतिरी भागेका छन् । बेलायतको एक पार्लरमा दुवै जनाले महंगो ट्रिटमेन्ट गराएर पैँसा नतिरी धोका दिएर पार्लरबाट फरार भएका हुन् ।

पार्लर सञ्चालकका अनुसार दुवैले पार्लरको मंहगो ट्रिटमेन्ट गराएका थिए । यो ट्रिटमेन्टका लागि उनीहरुले पहिलादेखि नै बुकिङ गरेका थिए ।

आमा छोरीले पार्लरकी सञ्चालक जेड एडम्सलाई धोका दिन बुद्दिमानी चाल चलेका थिए । मेकअप पछि आमा प्रतीक्षा कक्षमा बसेर छोरीलाई पर्खिरहेकी थिइन् ।

छोरी पनि मेकअप सकेर पैसा तिर्न आमालाई बोलाउने बहानामा प्रतिक्षा कक्षमा पुगिन् । उनीहरुले पार्लर सञ्चालकलाई शंका नहोस भनेर खाली पर्स पार्लरमै छोडेर भागेका हुन् ।

एडम्सले ठगी मुद्दामा प्रहरीमा उजूरी दिएकी छन् । मेकअपको समयमा उनले ती दुवै आमा छोरीको तस्बिर लिएकी थिइन् ।