निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउन आलेले मन्त्रिपरिषद्मा राखेको प्रस्तावमा के छ ?
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबीचको तिक्तता यतिबेला छताछुल्ल छ । कार्यकारी अध्यक्षलाई मन्त्रालयमै बोलाएर हातापात र अश्लिल गाली गलोच गरेका आलेले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बर्खास्त गर्ने प्रस्ताव लगेका थिए ।
आलेको उक्त प्रस्ताव भने मन्त्रिपरिषद्ले पारित गरेको छैन ।
के छ प्रस्तावमा ?
मन्त्री आलेले लगेको प्रस्तावमा उल्लेख गरिएअनुसार कार्यकारी अध्यक्ष घिमिरेले कानूनी आधार र औचित्य बिना ट्वीनअटर विमान भाडामा दिएका थिए ।
निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएका छन् ।
सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफै सलग्न भएको आरोप छ ।
उनले व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको, सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको आराप मन्त्री आलेको छ ।
त्यस्तै, निगमको प्रभावकारिताको लागि घिमिरेले रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको, निगमको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन नसकेको, पद अनुसारको आचरण प्रदर्शन गर्न नसकेको, पदीय कर्तव्य पूरा गर्न नसकेको, कार्य क्षमताको अभाव देखिएको कार्यकारी अध्यक्षको यस्ता कृयाकलापबाट राष्ट्रिय ध्वजावाहक बायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको प्रस्तावमा उल्लेख छ ।
उनको नेतृत्वमा निगम सञ्चालन गर्दा निगममा थप हानिः नोक्सानी हुने देखिएकोले उनलाई बर्खास्त गरिनुपर्ने प्रस्ताव पेश भएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८।०७।०८ को निर्णय अनुसार अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया