सिंगापुरमा फेरि बढ्न थाले कोरोना संक्रमित
काठमाडौं (एजेन्सी) । सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो ।
यससँगै यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन (एआरटी) परीक्षणद्वारा दुई हजार ९०१ व्यक्तिमा सङ्क्रमण पुष्टि गरिएको हो ।
पुष्टि भएकामध्ये करिब २९९ जना विदेशबाट सङ्क्रमित भइ आएका र बाँकी सबै आन्तरिकपमा सङ्क्रमित भएका बताइएको छ ।
हल्का लक्षणहरू भएका र कम जोखिम भएको आकलन गरिएका उनीहरूले चिकित्सकको सल्लाहमा उपचार सेवा लिइरहेका छन् । सङ्क्रमितमध्ये जटिल समस्या भटिएका आठ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।
यहाँ कोभिड–१९ सङ्क्रमणका कारण थप एक जना बिरामीको मृत्यु भएको छ भने यससँगै कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया