पाकिस्तानद्वारा २० भारतीय माझी रिहा
काठमाडौं (एजेन्सी) । पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ ।
बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो ।
आज काराबासमुक्त भएका भारतीय नागरिक यहाँबाट पूर्वी शहर लाहोरको बस चढेर स्वदेश फर्केका छन् भने कराँचीका जेलमा अझै पनि दर्जनौँ भारतीय माझी रिहाईको प्रतीक्षामा छन् ।
आज रिहा भएकाहरूलाई सीमा नाका बागामा भारतीय अधिकारीहरूलाई सुम्पिइनेछ ।
भारत र पाकिस्तानले बेलाबेलामा आफ्नो जलक्षेत्र पार गरेको आरोपमा एक अर्काका नागरिकलाई पक्राउ गर्दै आएका छन् भने द्विपक्षीय वार्तापछि केहीलाई प्रत्येक वर्ष रिहा पनि गर्दै आएका छन् । काश्मिर मुद्दालाई लिएर विगत सात दशकदेखि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । भारतले सन् २०१९ को अगष्टमा काश्मिरको विशेष स्वायत्ततालाई एकतर्फीरुपमा खारेज गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया