NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

दुई वर्षको बालकमा युवावस्थाको लक्षण

बेलायत । बेलायतको ब्राइटन सहरमा दुई वर्षका बरनबी ब्राउनसेल नाम गरेका बालकमा युवावस्थाको लक्षण देखिएको छ । उक्त लक्षणअन्तर्गत बालकको तौल, लम्बाई तथा कपाल अधिक मात्रामा बढ्दै गएको हो ।

बालकमा उक्त लक्षण बुवाको आर्टिफिसियल टेस्टोस्टेरोन ट्रिटमेन्टले गर्दा आएको बताइएको छ । विशेषज्ञका अनुसार बालकमा उक्त समस्या हुनु दुर्लभ कुरा हो ।

उनकी आमा एरिक ब्राउनसेलका अनुसार अचानक बालकको गुप्ताङको रौं बढ्न थालेको तथा बालकको लिंगको आकार पनि असामान्य तरीकाले बढेको उनले बताइन् ।

उनले भनिन्, ‘एक वर्षको उमेरमा बालकको तौल १२ किलो थियो यस्तै १२ देखि १८ महिनामा उसको तौल ०.९ के जी बढ्यो । उक्त तौल शरीरको फ्याट नभई मांशपेशी भएको एरिकले बताइन् ।

उक्त बालकको हड्डीको डेन्सिटी पनि ४.५ वर्षको बच्चा जस्तो भएको उनले बताइन् । चिकित्सकका अनुसार बरनबीमा टेस्टोस्टेरोन हर्मोन अधिक मात्रामा देखिएकाले बाल्यकालमा नै युवावस्थाको लक्षण देखिएको हो ।

उनका बुवामा सानैदेखि गम्भिर टेस्टिकुलर समस्या छ जसले गर्दा उनको शरीरमा टेस्टोस्टेरोन हर्मोनको कमी छ । उक्त हर्मोनको लागि उनी सधै छालामा एक टेस्टोस्टेरोन जेल लगाउने गर्थे । सोही जेल ती बालकमा सरुवा भएको र समयभन्दा पहिला नै युवावस्था देखा परेको भनिएको छ ।