हेर्नुहोस् असार ७ गते प्रकाशित पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । आज ०७९ असार ७ गते मंगलबार । राजधानी काठमाडौंबाट प्रकाशित हुँदै आएका दैनिक अखबारले आज पनि विविध विषय उठाएका छन् ।
एसपिपीमा संलग्न नहुने भनेर सरकारले गरेको निर्णयलाई आजका सबैजसो दैनिक पत्रिकाले पहिलो पृष्ठमा समेटेका छन् । कान्तिपुर दैनिकलगायतले यही विषयलाई नै मुख्य समाचार बनाएको छ ।
केही दिनदेखि राजनीतिक माहोल तताइरहेको एसपिपी अस्वीकार गर्ने निर्णय सरकारले गरेसँगै अब यसको च्याप्टर क्लोज भएको छ ।
नयाँ पत्रिकामा दक्षिण एसियाली मुलुकको पेट्रोलियम पदार्थको मूल्यबारे लेखाजोखा छ भने अन्नपूर्णले बजेटमाथि चलखेल गर्ने पूर्वनासु रघुनाथ घिमिरेले प्रतिस्थापन विधेयकमा पनि उसैगरी हस्तक्षेप गरेर दबाब दिएको लेखेको छ ।
हेरौं आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया