NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

व्यवस्था परिवर्तन गर्न होइन अवस्था बदल्न राजनीतिमा आएको हुँ : रवि लामिछाने

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले ठूला दल र तिका नेतहरूलाई सच्चिनका लागि पटक–पटक आग्रह गरेपनि उनीहरू नसिच्चएका कारण आफू राजनीतिमा आउन बाध्य भएको बताएका छन् ।

‘राजनीतिमा धेरै हिलो छ । धुलो टकटक्याउनु छ । नागरिक रोहेको मैले जति कसैले देखेको छैन । केही समय धुलो टकटकाउन केही समय म र दलका नेताहरू उस्तै देखिने छन् । तर नझुक्निुहोला’, काठमाडौंमा आज आयोजित नयाँ राजनीतिक दल घोषणा सभामा उनले भने, ‘प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने कठिन ठाउँमा आउँदैछु । म त्यो तपाईंको विश्वास टुट्न दिने छैन ।’

नेपाली जनताले ठूला–ठूला सपना नदेखेको भन्दै उनले जनताको सामान्य काम गरी गरिखान पाए सन्तुष्ट हुने बताए ।

‘म यहाँ व्यवस्था परिवर्तन गर्न आएको होइन, तपाईंहरूको अवस्था बदल्न आएको हो । नेताहरू हेलिकोप्टर चढेर सयर गर्छन्, म हेलिकोप्टर चढ््नेको विरोध गर्न खेजेको होइन । तर हेलिकोप्टरसँगै औषधि, खाद्यन्न पनि जनताको घर–घरमा पुग्नु पर्यो ।