व्यवस्था परिवर्तन गर्न होइन अवस्था बदल्न राजनीतिमा आएको हुँ : रवि लामिछाने
काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले ठूला दल र तिका नेतहरूलाई सच्चिनका लागि पटक–पटक आग्रह गरेपनि उनीहरू नसिच्चएका कारण आफू राजनीतिमा आउन बाध्य भएको बताएका छन् ।
‘राजनीतिमा धेरै हिलो छ । धुलो टकटक्याउनु छ । नागरिक रोहेको मैले जति कसैले देखेको छैन । केही समय धुलो टकटकाउन केही समय म र दलका नेताहरू उस्तै देखिने छन् । तर नझुक्निुहोला’, काठमाडौंमा आज आयोजित नयाँ राजनीतिक दल घोषणा सभामा उनले भने, ‘प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने कठिन ठाउँमा आउँदैछु । म त्यो तपाईंको विश्वास टुट्न दिने छैन ।’
नेपाली जनताले ठूला–ठूला सपना नदेखेको भन्दै उनले जनताको सामान्य काम गरी गरिखान पाए सन्तुष्ट हुने बताए ।
‘म यहाँ व्यवस्था परिवर्तन गर्न आएको होइन, तपाईंहरूको अवस्था बदल्न आएको हो । नेताहरू हेलिकोप्टर चढेर सयर गर्छन्, म हेलिकोप्टर चढ््नेको विरोध गर्न खेजेको होइन । तर हेलिकोप्टरसँगै औषधि, खाद्यन्न पनि जनताको घर–घरमा पुग्नु पर्यो ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया