पोर्चुगलमा रहेका नेपाली युवाको मृत्यु

काठमाडौं । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।
शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए ।
उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।
बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो ।
ताजा अपडेट
-
रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै ,५ वर्षमा पर्यटकको सङ्ख्या दोब्बरले बृद्धि
-
वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
-
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
-
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक
प्रतिक्रिया