इच्छाराज प्रकरणबारे निर्णय लिन न्यायपरिषद्को बैठक जारी
काठमाडौं । व्यवसायी इच्छाराज तामाङ प्रकरणबारे निर्णय गर्न बोलाइएको न्यायपरिषद्को बैठक परिषद्को कार्यालय रामशाहपथमा सुरु भएको छ ।
ठगीको आरोपमा थुनामा रहेका व्यवसायी इच्छाराजको मुद्दा मिलाउनका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको छलफलको अडियो बाहिरिएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायपरिषद्को बैठक बसिरहेको हो ।
बैठकमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र न्यायपरिषद्का सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन् ।
न्यायपरिषद् बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाबारे पनि छलफल हुने बताइएको छ । साथै, प्रकरणका मुख्य पात्र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अर्का न्यायाधशि अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ ।
बैठकले इच्छाराज प्रकरणमा मुछिएका जिल्ला न्यायाधीशबारे ठोस निर्णय लिन सक्ने बताइएको छ ।
न्यायाधीश–वकिल घुस बार्गेनिङबारे छलफल गर्न न्यायपरिषद बैठक बस्दै
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया