इच्छाराज प्रकरणबारे निर्णय लिन न्यायपरिषद्को बैठक जारी
काठमाडौं । व्यवसायी इच्छाराज तामाङ प्रकरणबारे निर्णय गर्न बोलाइएको न्यायपरिषद्को बैठक परिषद्को कार्यालय रामशाहपथमा सुरु भएको छ ।
ठगीको आरोपमा थुनामा रहेका व्यवसायी इच्छाराजको मुद्दा मिलाउनका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको छलफलको अडियो बाहिरिएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायपरिषद्को बैठक बसिरहेको हो ।
बैठकमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र न्यायपरिषद्का सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन् ।
न्यायपरिषद् बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाबारे पनि छलफल हुने बताइएको छ । साथै, प्रकरणका मुख्य पात्र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अर्का न्यायाधशि अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ ।
बैठकले इच्छाराज प्रकरणमा मुछिएका जिल्ला न्यायाधीशबारे ठोस निर्णय लिन सक्ने बताइएको छ ।
न्यायाधीश–वकिल घुस बार्गेनिङबारे छलफल गर्न न्यायपरिषद बैठक बस्दै
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया