NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

अपर सोलु हाइड्रोले असार २० गतेदेखि आइपिओ निष्कासन गर्ने

काठमाडाैं । अपर सोलु हाइड्रोले असार २० गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।  जसमध्ये ५५ अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले उक्त सेयरमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २ गतेसम्म आवेदन दिन सक्नेछन्  । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे आइपिओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

अपर सोलु हाइड्रोले आइपिओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति