युक्रेन युद्ध पाँचौ महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रुसी योजना

किएभ । युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन् ।
औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत भएको छ । यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ । सङ्घमा युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ ।
रुसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटाकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रुसी सेनाले कब्जा जमाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन सुरु गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन् ।
सत्ताइस सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवार भएका बताएका छन् । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रूसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन् ।
रूसबाट ग्यास आपूर्तिमा कटौती हुँदा धेरै युरोपेली देश प्रभावित भएका छन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया