NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रवि लामिछाने भन्छन् : स्वतन्त्र पार्टीको विकल्पको नाममा तयार छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे नाम फेर्न तयार रहेको बताएका छन् ।

७ असारमा पार्टी गठन गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै लामिछानेले आफ्नो पार्टीविरुद्ध उजुरी परेको जानकारी भएको भन्दै आयोगले विकल्प खोज भन्दा आफू तयार हुने उनले बताएका हुन् ।

‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको नामका विषयमा निर्वाचन आयोगमा उजुरी परेको थाहा पाएका छौं । आयोगले के भन्छ । त्यसैअनुसार गर्छौ । तर हामीलाई लागेको हामी यही पार्टीबाट सबैलाई समेट्न सक्छौं भन्ने लागेको छ’ लामिछानेले भने, ‘निर्वाचन आयोगले विकल्प खोज भन्यो भने हामी त्यसको लागि पनि तयार छौं ।’

स्वतन्त्रको अस्तित्वमै प्रश्न उठ्ने भन्दै यस्तो नाम नराख्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष